लोकसेवा टिप्स (वस्तुगत प्रश्नोत्तर)

१. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?

उत्तर: वृहस्पति

२. दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?

उत्तर: सम्पात

३. सूर्य पृथ्वी भन्दा कति गुणा ठूलो छ ? 

उत्तर: १०९ गुणा

४. पृथ्वीको जुम्ल्याहा ग्रह भनि चिनिने ग्रह कुन हो ?

उत्तर: शुक्र

५. भूगोलका पिता (Father of Geography) भनेर कसलाई चिनिन्छ ?

उत्तर: इरेटस्थनिज (Eretosthenes)

६. भूगोललाई कति भागमा वर्गिकरण गरेर अध्ययन गर्न सकिन्छ ? 

उत्तर: दुई (भौतिक र मानव भूगोल)

७. मानव भूगोलको विकास कहिले भएको हो ?

उत्तर: १९ औं शताब्दीमा

८. पृथ्वीमा भएका ठूला—ठूला भू–क्षेत्र एवं जलमण्डल बाहेकको जमिनले ओगटेको क्षेत्रलाई के भनिन्छ ?

उत्तर:  महादेश

९. पृथ्वीको कति प्रतिशत भाग जमिन (महादेश)ले ढाकेको छ ?

उत्तर: २९.२ प्रतिशत (१४ करोड ८९ लाख ८७हजार वर्ग कि.मि.)

१०. पृथ्वीको सम्पूर्ण स्थलीय भागलाई कतिवटा महादेशमा विभाजन गरिएको छ ?

उत्तर:  ७ (सात) वटा


प्रस्तुतकर्ता : सुदिप डाँगी

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस