९पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ भने पचन्ड–माधव नेपाल पक्षको बैठक कार्की बैंक्वेट बबरमहलमा बस्ने बताइएको छ ।

ओली पक्षको हिंजोको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो भने पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनित गरी महाधिवेशन आयोजक समिति समेत ओली पक्षले बनाएको थियो ।

त्यसैगरी प्रचण्ड–माधव पक्षको बैठकले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई नियुक्त गरेको थियो । आजको बैठकले पार्टी बैठक आलोपालो गरी सन्चालन गर्ने र अरु पदाधिकारी चयन गर्नेबारे छलफल हुने बताइएको छ ।

आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै दुवै पक्षले यसअघि नै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । केन्द्रीय समितिमा ओली अल्पमतमा छन् ।