
९पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो ।
बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई महासचिवमा प्रस्ताव गरेको छ । सो प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
त्यस्तै, पार्टीको अन्तरबिरोध, कार्यविभाजनलगायतका बिषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार