१०० रुपैयाँले बढ्यो सुनको मूल्य

१०पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँ बढेको छ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकिएको छ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रूपैयाँ छ।

चाँदी भने हिजोकै मूल्यमा स्थिर रही प्रतितोला एक हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस