एमाले रोल्पाले प्रत्येक पालिकामा बैठक र भेटघाट कार्यक्रम गर्ने 

रोल्पा । नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाको छैटौँ पूर्ण बैठक हिजो रोल्पाको लिवाङमा सम्पन्न भएको छ। 

नेकपा एमाले रोल्पाका कार्यवाहक अध्यक्ष विजयकुमार घर्तीमगरको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यमामा सम्पन्न बैठकले पुस १५ गतेदेखि प्रत्येक गाउँपालिकामा बैठक तथा कार्यकर्ता र जनतासँग भेटघाट कार्यक्रम राख्ने निर्णय गरेको छ।

पार्टी जिल्ला सचिव अमृत बुढाका अनुसार पुस १५ र १६ गते रोल्पा नगरपालिका, १९ गते सुनछहरी, २० गते लुंग्री, २१ गते सुनिलस्मृति, २३ गते रुन्टिगढी, २४ र २५ गते त्रिवेणी, २६ गते गंगादेव, २७ गते माडी, २८ गते परिवर्तन र २९ गते थबाङमा बैठक, भेला तथा भेटघाट कार्यक्रमको तय गरिएको छ। 

बैठकले पुस १६  गते पार्टीका जनवर्गीय सङ्गठनका जिल्ला पदाधिकारी र प्रदेश / केन्द्रका सदस्यहरूसँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ।

यसैगरी बैठकले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरा निर्माणका लागि एमाले रोल्पाको तर्फबाट स्वयम् सेवकका रुपमा १५ दिन खटिएका १३ जनालाई धन्यवाद ज्ञापन समेत गरेको छ। 

बैठकमा एमाले लुम्बिनी प्रदेशका उपसचिव पुर्ण बुढामगर, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य बालाराम बुढा, प्रदेश सदस्य प्रेम घर्ती, पूर्व प्रदेश सदस्य घनश्याम आचार्य लगायतका नेताहरूको आतिथ्यता रहेको थियो। बैठकको सञ्चालक पार्टी जिल्ला सचिव अमृत बुढामगरले गरेका थिए । 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस