फाइल फाेटाे
१५ जेठ, काठमाडौँ । सरकारले रेलमार्ग आयोजनाका लागि लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले रेलमार्गका आयोजनाहरूका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार


