१. नेपालमा कति वटा पारिस्थितिक प्रणालीहरु छन् ?
उत्तरः ११८ वटा
२.नेपालका ११८ वटा पारिस्थितिक प्रणाली मध्ये कतिवटा संरक्षण क्षेत्र भित्र पर्दछन ?
उत्तरः ८० वटा
३. वन स्रोत सर्वेक्षण, २०७२ अनुसार नेपालमा औसत रुखको संख्या कति छ ?
उत्तरः ४३० वटा प्रतिहेक्टर
४. चालु पन्ध्रौँ योजनाको अन्त्यसम्ममा नेपालमा प्रतिहेक्टर रुखको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ?
उत्तरः ४५० वटा प्रतिहेक्टर
५. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?
उत्तरः कोशीटप्पु
६. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो सिमसार क्षेत्र कुन हो ?
उत्तरः पोखराका ९ वटा ताल
७. नेपालको करिब कति प्रतिशत जनसंख्या सिमसार क्षेत्रमा निर्भर छन् ?
उत्तरः ११ प्रतिशत
८. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरालमा आयोजना गरिन्छ ?
उत्तरः १०/१० वर्ष
१०. विश्वमै राजधानी शहरबाट सबैभन्दा नजिकको दुरीमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तरः शिवपुरी नागार्जुन
११. क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तरः रारा राष्ट्रिय निकुञ्ज
१२. नेपालमा जम्मा कतिवटा मध्यवर्ती क्षेत्र (बफर जोन) हरु रहेका छन् ?
उत्तरः १३ वटा
१३. क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो मध्यवर्ती क्षेत्र कुन हो ?
उत्तरः से–फोक्सुण्डो रा.नि. मध्यवर्ती क्षेत्र
१४. से–फोक्सुण्डो रा.नि. मध्यवर्ती क्षेत्रको क्षेत्रफल कति रहेको छ ?
उत्तरः १३४९ वर्ग किलोमिटर
१५. ८ (आठ) वटा दिमाग/मगज हुने जीव कुन हो ?
उत्तरः रेशम किरा
१६. आँखा नचिम्लेर आफ्नो खाना निल्न नसक्ने जीव कुन हो ?
उत्तरः भ्यागुता


