१.नेपालमा जम्मा कतिवटा डिभिजन वन कार्यालयहरु रहेका छन् ?
उत्तरः ८४ वटा
२.दुईवटा डिभिजन वन कार्यालय रहेका जिल्लाहरु कतिवटा रहेका छन् ?
उत्तरः ७ वटा
३. नेपालमा जम्मा कतिवटा प्रदेश वन निर्देशनालयहरु छन् ?
उत्तरः ७ वटा
४. नेपालमा जम्मा कतिवटा सब–डिभिजन वन कार्यालयहरु रहेका छन् ?
उत्तरः ५२८ वटा
५. कुन जिल्लामा सामुदायिक वन रहेका छैन्न?
उत्तरः मुस्ताङ
६. लुम्बिनी प्रदेशमा कतिवटा डिभिजन वन कार्यालयहरु छन् ?
उत्तरः १४ वटा
७. लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला रहेका छन् ?
उत्तरः १२ वटा
८. लुम्बिनी प्रदेशमा कतिवटा हिमाली जिल्ला रहेका छन् ?
उत्तरः एक मात्र (रुकुमपूर्व)
९. लुम्बिनी प्रदेशमा कतिवटा पहाडी जिल्लाहरु रहेको छन् ?
उत्तरः ५ वटा
१०. लुम्बिनी प्रदेशमा कतिवटा तराई प्रदेशका जिल्लाहरु रहेका छन् ?
उत्तरः ६ वटा
११. लुम्बिनी प्रदेशका कतिवटा जिल्लाहरु भित्री मधेशमा पर्दछन् ?
उत्तरः १ (दाङ)
१२. नेपालको वनबाट दैनिक कति प्रतिशत ईन्धन आवश्यक्ता पुर्ति हुँदै आएको छ ?
उत्तरः ७० प्रतिशत
१३. नेपालको वनबाट दैनिक कति प्रतिशत पशुआहार पुर्ति हुँदै आएको छ ?
उत्तरः ४० प्रतिशत
१४. नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४ अनुसार वन तथा वातावरण मन्त्रालयलाई तोकिएका कार्य जिम्मेवारीहरु कतिवटा रहेका छन् ?
उत्तरः ३२ वटा
१५.नेपाल सरकार कार्य विभाज ननियमावली, २०७४ अनुसार नेपाल वन सेवाको सञ्चालन कसले गर्ने व्यवस्था गरिएको छ ?
उत्तरः वन तथा वातावरण मन्त्रालय
१६. वन तथा भू–संरक्षण विभागको प्रमुखलाई के भनिन्छ ?
उत्तरः महानिर्देशक
१७. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु कुन सरकारको मातहतमा पर्दछन् ?
उत्तरः संघीय सरकार
१८. लुम्बिनी प्रदेश सरकार, वन वातावरण तथा भू–संरक्षण मन्त्रालयको स्थापना कहिले भएको हो ?
उत्तरः मिति २०७४ फाल्गुन ३ गते
१९. लुम्बिनी प्रदेशमा कर्मचारी प्रशासन सम्बन्धी कार्य कुन मन्त्रालयले हेर्छ ?
उत्तरः मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय
२०. लुम्बिनी प्रदेशको राजधानी (वि.स. २०७७÷०६÷२० मा) कहाँ तोकिएको छ ?
उत्तरः देउखुरी, दाङ
२१. लुम्बिी प्रदेशको हालका प्रदेश प्रमुखको नाम के हो ?
उत्तरः अमिक शेरचन
२२. लुम्बिनी प्रदेशका हालका मुख्यमन्त्रीको नाम के हो ?
उत्तरः कुलप्रसाद के.सी.
२३. लुम्बिनी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रीको हुन?
उत्तरः सुरेन्द्रबहादुर हमाल


