तस्विर: नवीन लोचनमगर
९वैशाख, रोल्पा । रोल्पा नगरपालिका ९ ह्वामामा विभन्न पार्टी परित्याग गरी ३३ जना नेता तथा कार्यक्रता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रले ह्वामाको चोइबाङमा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका नरेश बुढामगरको नेतृत्वमा २९ जना नेता तथा कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
त्यस्तै ह्वामाको कर्तममा आयोजना गरिको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकमा माओवादी (क्रान्तिकारी)का एक जना र काँगेसका २ जना कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार पुनले टिका लगाई स्वागत गरेको माओवादी केन्द्र ह्वामाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार


