११ वैशाख, रोल्पा । आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाका १० वटै स्थानीय तहमा नेपाली काँग्रेस रोल्पाले उम्मेदवार टुंगाएको छ ।
काँग्रेस रोल्पाले रोल्पा नगरपालिको मेयरमा शेरबहादुर थापालाई उम्मेदवार बनाएको छ । भने उपमेयरमा भने अझै टुंग्यो लगाएको छैन । उममेयरका लागि काँग्रेस प्रदेश कमिटी बैठक बसीरहेको छ।
त्यस्तै सुनिलस्मृतिमा अध्यक्षमा गन्जबहादुर क्षेत्री र उपाध्यक्षमा तेजकुमारी विष्ट, लुंग्रीमा अध्यक्षमा जनक खड्का र उपाध्यक्षमा मुन्नीदेवी रोकाक्षेत्रीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सुनछहरीमा अध्यक्षमा कोमबहादुर बुढा र उपाध्यक्षमा मोनी बुढाथोकी, थबाङमा अध्यक्षमा खरिलाल डाँगी र उपाध्यक्षमा बरमाया घर्ती, रुन्टीगढीको अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसी, परिवर्तनको अध्यक्षमा विश्वकुमार चन्द र उपाध्यक्षमा सपना घर्तीमगर, गंगादेवको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृता केसी वली, माडीको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गाठी खत्री, त्रिवेणीको अध्यक्षमा राधिका हमाल पुन र उपाध्यक्षमा लेखमणि डाँगीलाई उम्मेदवार बताएको छ ।


