रोल्पाको थबाङमा माओवादी केन्द्र विजयी

तस्विर: आलाेक शाह

१जेठ, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेरदवार ऋिषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी एमाले,कांग्रेस र विप्लव नेकपा गठबन्धनका स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरलेपछि पार्दै गाउँपालिका अध्यक्षमा बुढा निर्वाचित भएका हुन्।

बुढामगरले २१२२ मत प्राप्त गरेका छन् भने रोकामगरले १५०६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका शर्मिला बुढाले २१२२ मत प्राप्त गरी विजयी भएका छन् । भने गठबन्धनका स्वतन्त्र उम्मेदवा रायबहादुर पुनले १ हजार ४८७मत प्राप्त गरी पराजित भएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस