२५ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताएका छन्। समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा सोमबार विराटनगरमा आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै दाहालले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।
हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताए । सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।”
मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताए ।


