२६भदौ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् ।
संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्किन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने भएका छन् ।
स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए।
प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार


