एमाले रोल्पाको बैठक तथा भेटघाट सुनिलस्मृतिमा सम्पन्न

रोल्पा ।नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण अभियान अन्तरगत बैठक, भेला तथा भेटघाट कार्यक्रम शनिबार सुनिलस्मृति गाउँपालिकाको रुईनिबाङमा सम्पन्न भएको छ।

नेकपा एमाले सुनिलस्मृति गाउँपालिका अध्यक्ष तारा सेनको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न पालिका स्तरको बैठक तथा
भेलाले विगतको समीक्षा गर्दै आगामी दिनहरुमा वडा र टोल स्तर सम्म जाने योजना बनाउनुका साथै पार्टीका जनवर्गीय संगठनहरुलाई पालिका, वडा र टोल स्तर सम्म विस्तार र क्रियाशील बनाउने निर्णय गरेको छ ‌।

साथै भेलाले जनताहरूको विविध समस्या र सवालबारे सम्बन्धित गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता र भ्रष्टाचार देखिए खबरदारी गर्ने निष्कर्ष निकालेको छ।

कार्यक्रममा एमाले रोल्पाका सचिव अमृत बुढामगर, पूर्वप्रदेश कमिटी सदस्य घनश्याम आचार्य, एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा सुनिलस्मृति गाँउपालिका ईन्चार्ज बोमबहादुर पुन, पार्टी जिल्ला सदस्यहरु मेखबहादुर बुढाथोकी, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सुर्य बि।क।, धरम बुढाथोकी लगायत नेताहरुको सहभागीता रहेको थियो ।

तुक बहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटि सचिव दिलिप थापाले गरेका थिए।

जिल्ला व्यापी संगठन सुदृढीकरण तथा भेटघाट अभियान अन्तरगतको सोहि कार्यक्रम भोलि रुन्टिगढि गाँउपालिकाको होलेरीमा हुने एमाले रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस