रोल्पा । नेकपा एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो ।
अध्यक्षका लागि वर्तमान सचिव अमृतबहादुर बुढा र एमाले लुम्बिनी प्रदेशका पूर्वप्रदेश सदस्य घनश्याम आचार्य प्रतिस्पर्धामा छन् ।
सचिवमा कमल बहादुर बुढाथोकी, ठाकुरप्रसाद वली र नेपबहादुर थापा गरी तीन जनाले उमेदवारी दिएका छन्। उपसचिवमा प्रेमराज बुढा, बमबहादुर पुन र महिला उपसचिवमा कृष्णिकुमारी गौतम, रमिता डाँगी र तारा सेनको उमेदवारी परेको छ।
उपाध्यक्षमा विजयकुमार घर्तीमगर निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार


