२७ असार, रोल्पा। राप्रपाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ ।
घर्तीमगरको उपचारको क्रममा शुक्रबार ललितपुरको बिएण्डबि हस्पिटलमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। ८७ वर्षीय घर्तीमगर पञ्चायत कालदेखि बहुदलीय व्यवस्थासम्म झन्डै ३० वर्षसम्म मन्त्री बनेका थिए ।
वि.सं. १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस(५ उपल्लोथर हाल सुनिलस्मृति गाउँपालिका३ मा जन्मिएका घर्तीमगर पछिल्लो समय परिवारसहित ललितपुरस्थित आफ्नै निवासमा बसोबास आएका थिए ।
घर्तीमगरले ऐतिहासिक घटनाक्रम(भाग १, राजयोग, मानव अधिकारः एक चिन्तनलगायतका पुस्तकहरू प्रकाशन समेत गरेका छन् ।
उनको सातवटा छोरी रहेका छन् । घर्तीमगरका भाइ अमेरिकामा र चार वटा छोरी विदेशमा रहेकाले दाहासंस्कार आइतबार वा सोमबार हुने उनको परिवारले जनाएका छन् ।
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार


