कविता :

विपत्

नेपाली जनमा दुःख र छटपटी, फल्दो र फुल्दो छ यो
कस्तो निष्ठुर यो महाविपत्ति हो, देशको जवानी लुट्यो।
सयौँ ती घरमै मनुष्य जगमा भग्नावशेष भए
आफ्नो जिजीविषा टिपेर मनको, छोडेर भाग्दै गए।

हिमतालै कसरी फुटेर जिउँदा बस्ती बगाई लियो
बाढीले त्रिशूली बजार, रसुवा जिल्ला सखापै भयो।
बेपत्ता अझै ती बगेर पुरिए, बाँच्ने सबै एक्लिए
कसले यो विपत्ति पठायो जगमा, देशको जवानी लुट्यो ?

कस्तो यो दिनमा अजीव घटना, आएर देश दुख्यो
लौ आयो अति नै विध्वंस किन हो, देशको जवानी लुट्यो।
कस्तो दृष्टि भई विनाश अति भो, ती सृष्टि नै खस्किएर
कैयौँ ती जनका जहान टुहुरा, धेरै विचल्ली भए।

पक्कै यो तलमा अमोद जनमा, सन्तोष खुल्ने थिए
यस्तो आपत्‌मा मिलेर सबैले, खाना र छाना दिए।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस