एट्लेटिकोलाई ७ अंकको अग्रता

१२माघ, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३(१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो ।

खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको २३ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १—१ गोलको बराबरीमा ल्याए ।

खेलको ५४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दा एट्लेटिको २—१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई ३—१ को जित दिलाए ।

जितसंगै एट्लेटिकोले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

एट्लेटिकोले १८ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको रियलले १९ खेलमा ४० अंक जोडेको छ ।

भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस