
काठमाडौँ। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् ।
इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन।
“विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ”, उनले भने।
प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार