१ फाल्गुन, एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सामाजिक सञ्चाजलमा ५०० मिलियन फलोअर्स नाघेको छ ।
सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स हुने उनी पहिलो फुटबलर हुन् ।
युभेन्ट्सका फरवार्डसमेत रहेका रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोअर्स पुगेका हुन् ।
रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा छन् । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।
यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स छन् भने ट्वीटरमा ९१ मिलियन फलोअर्स छन् ।
प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार