घरेलु मैदानमा पीएसजी पराजित

१०फागुन,काठमाडौँ । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा पराजित भएको छ।

आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो।

मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे।

खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए।

५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए।

जितसँगै लिगको चौंथो स्थानमा उक्लिएको मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ।

तेस्रो स्थानमा झरेको पीएसजीले ५४ अंक जोडेको छ।

शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस