नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा आज नेपालले तेस्रो खेल खेल्दै छ । नेपाल आज नामिबियासँग खेल्दै छ ।

खेल बिहान साढे ११ बजे त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा सुरु हुनेछ । नेपाल आज खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदै छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले पराजित गरेको थियो । यसअघि बुधबार भएको खेलमा नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित भएको थियो ।

शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस