यौन दुर्व्यवहारको आरोपमा भारतीय प्रशिक्षक बर्खास्त

बरोडा क्रिकेट एसोसिएसनले आफ्नो राज्यको महिला टिमका प्रशिक्षकलाई बर्खास्त गरेको छ।
बरोडाले प्रशिक्षक अतुल बेडाडे खेलाडीलाई यौन दुर्व्यवहारको आरोपमा बर्खास्त गरेको हो।
गत महिना हिमाञ्चल प्रदेशमा भएको खेलका दौरान बरोडाका केहि सिनियर खेलाडीले प्रशिक्षकले दुर्व्यवहार गरेको भन्दै उजुरी गरेका थिए।
उनलाई टिमका सदस्यलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पत्र दिइएको छ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस