सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर रोल्पाको पूर्वी व्यापारी केन्द्रमा पर्छ । साविकको मिझिङ गाविसको वडा नम्बर ७,८ र ९ मिलेर सुनिलस्मृति ४ बनेको हो । वडापालिका भित्र शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकासदेखि कृषि र पशुपालनको व्यावसायिक विकासको क्षेत्रमा परिर्वतन गरेको वडाअध्यक्ष गन्जबहादुर क्षत्री बताउछन् । वडाको विकास निर्माणको अवस्था, आगामी योजना, समस्या, चुनौती लगायत विषयमा अनलाइन साझासँग गरिएको कुराकानीको सारः
- तपाईं वडा अध्यक्षमा निर्वाचित भएर आएपछि वडामा के–कस्ता काम गर्नुभयो ?
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रदान गरेको हक अधिकार र कानुनको अधिनमा रहि वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा र सुविधाहरु जनतामाझ छिटो र सरल रुपमा प्रदान गरिएको छ । वडाबाट प्रदान गरिने सेवा र सुविधाहरु प्रविधियुक्त बनाइएको छ । यसको साथ(साथै विकासका योजनाहरु, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, कृषि, खेलकुद लगायत आम वडाबासिको माग बमोजिम र सींगो वडाको विकासको लागि हरेक प्रकारका काम गरिरहेका छौँ । गत साल नै वडाको प्रोफाइल बनाइसकेका छाँै । जसमा वडाले सञ्चालन गर्ने हरेक गतिविधि र विकासका योजनाहरु समेटिएको छ । विभिन्न क्लस्टरबाट आएका योजना तथा कार्यक्रमहरु समयमै पारदर्शी र गुणस्तरीय हिसाबले शतप्रतिशत सम्पन्न गरिदै आएको छ ।
- वडाले गत आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रमा के कस्ता काम ग¥यो ?
गाउँपालिकाबाट विनियोजन गरिएको सीमित सिलिंगमा रही वडा को चौतर्फी विकास गर्नुपर्ने हुँदा पूर्वाधारको क्षेत्रमा बाटो, खानेपानी तथा सिचाईका योजनाहरु सम्पन्न गरेका छौँ । जस्तै देउखुरी खोला देखि पक्कि बाटोसम्म जोड्ने मोटर बाटो, बाउबांग देखि सानोलिबाङ जोड्ने मोटर बाटो, बाहेखोला देखि पक्कि बाटोसम्म जोड्ने बाटो, लगायत वडाभित्र रहेका सम्पूर्ण बाटोहरु मर्मत गरिएको छ । बर्जिबाङ र बाग्मामा घोरेटो बाटो को निर्माण गरिएको छ । सुलिचौर बजार अन्तर्गत ईलाका प्रहरी कार्यालय देखि वडा कार्यालय सम्मको बाटो पक्की गरिएकोछ भने जुके खोला देखि बस पार्कसम्मको बाटो स्तरोन्नति गरिएको छ । त्यसैगरी खानेपानी योजना तर्फ १ लाख ५० हजार विनियोजन गरेर पाल्लो वन खानेपानी योजना निर्माण गरि करिव ४५ घर धुरीलाई खानेपानी को सुविधा प्रदान गरेको र्छाैैँ । त्यस्तै बर्जिबंङ खानेपानी, कोइरालखर्क खानेपानी तथा सिचाई योजना, घडेरिखोला सिचाई योजना, छिर्ने खानेपाी तथा सिचाई योजना, देउखुरी खोला खानेपाी तथा सिचाई योजना, सुलिचौर खानेपाी धनबुढा सिचाई योजना लगायतका क्षेत्रमा काम सकेका छौँ ।
- कृषि तथा पशुपालनको क्षेत्रमा कस्ता योजना ल्याउनु भएको छ ?
कृषिको क्षेत्रमा पनि कृषकहरुलाई कृषिमा आत्मानिर्भर गराउने उदेश्य लिएको छ । विभिन्न कृषक समूहलाई कृषि तालिम प्रदान गर्ने गरेको छौँ,भने शत प्रतिशत अनुदानमा विभिन्न बीउ विजन तथा फलफुलका विरुवाहरु निःशुल्क वितरण गरिएको छ । त्यस्तै प्रकारले तीनवटै क्लस्टरमा एक(एक ओटा बोयरबोका वितरण गरिनुको साथै गाउँपालिकामै उदाहरणीय पात्र बनिरहुन भएका महरा बाख्रा पालन फर्म लगायत अन्य कृषक समुहलाई प्रोमोट गर्ने योजना बनाएका छौ ।
- शिक्षा क्षेत्रको विकासमा कसरी काम गरिरहनु भएको छ ?
हरेक क्षेत्रको विकासको मरुदण्ड भनेको शिक्षा हो । जबसम्म सम्पूर्ण नागरिकलाई शिक्षित बनाउन सकिदैन तब सम्म कुनै पनि विकासले गति लिने सक्दैन । त्यसैले हामि निर्वाचित भएदेखि नै सुरुवात शिक्षामा जोड दिएका छाँै । अन्य शिर्षक भन्दा शिक्षामा बढी बजेट विनियोजन गरिरहेका छाँै । कुनै पनि कारणले कुनै पनि बालबालिका वा नागरिकहरु शिक्षाबाट वन्चित हुन नपरोस भनि शिक्षामा लगानी गरेका छाँै । साथ(साथै गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सम्पूर्ण विद्यालयमा शिक्षा सम्बन्धीत कार्यक्रम गरिरहेका छाँै । विद्यार्थिहरुलाई घर(घरमा पढ्ने वातावरण सिर्जना गर्नको लागि वडा भित्र संचालित सामुदायिक विद्यालयका माथिल्लो कक्षामा पढ्ने विद्यार्थीहरुलाई ‘‘शिक्षण सिकाइ कुना” कार्यक्रम को शुरुवात गरि प्रत्येकलाई १÷१ कुर्सि र टेबल वितरण गर्दै आएका छौँ । ‘‘शिक्षामा वडा को लगानीू कार्यक्रमद्वारा गरिवी वा कुनै पनि कारण ले बाल बालिका शिक्षाबाट वन्चित नहुन भनि विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई एक(एकजोर पोसाक, झोला ,१ दर्जन कापी र शिशा कलम वितरण गरिरहेका छौँ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुको साथै प्रत्येक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ । कक्ष ५ को परिक्षा वडा शिक्षा समितिले संचालन गरेको छ ।सम्पूर्ण विद्यालयमा अन्तिम परिक्षासम्म शत प्रतिशत कोर्स सकिएका छ ।
- स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा के कस्ता काम भएका छन् ?
शिक्षा जस्तै स्वास्थ्य पनि त्यत्तिकै आवश्य कुरा हो । त्यसैले यसमा पनि यस क्षेत्रको विकासमा हामी एकदम जिम्मेवारी नै छौँ । यस वडामा संचालित प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर को व्यवस्थापन र संचालनमा कुनै कमि कमजोरी हुन दिएका छैनौ । स्वास्थ्य बिमा सेवा केन्द्र संचालन गरेका छौँ । त्यस्तै स्वास्थ्य सम्बन्धि र पोषण सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरेका छौँ । होम देलिवरीलाई शुन्यमा झारेका छौँ । जेस्ठ नागरिकलाई हरेक प्रकारका निःशुल्क सेवा प्रदान गरेका छौँ । रोजगारिको हकमा विभिन्न रोजगारी मूलक जनशक्ति तयार गर्ने युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिरहेका छौँ ।
- विकास बजेट कार्यान्वयनमा समस्या तथा चुनौती के के छन् ?
बजेट कार्यान्वयन गर्न कुनै समस्या छैन । पूर्वयोजना बनाएर र पारदर्शी हिसाबले काम गरेकाले पनि खासै समस्या आएका छैनन् । हामीले बजेट कार्यान्वयन गर्दा अहिलेसम्म जनस्तरबाट कुनै गुनासो पनि सुन्नुपरेको छैन । हामीले संवैधानिक परिधिमा रहेर काम गरेका छौं । जनताको पक्षमा काम गरेका छौं । बजेट कार्यान्वयनमा चुनौतीको महसूस गर्नुपरेको छैन । तर मेरो आचरण भनेको सके सम्म रिजल्ट तत्काल निकाल्न खोज्ने प्रकारको छ । जनताले पनि हामीसँग धेरै आशा र अपेक्षा गर्नु भएको छ । तर बिडम्बना को कुरा सरकारी काम र त्यस का प्रक्रिया अनि विशेष गरि कर्मचारीको अभाव र सीमित बजेट भएकाले सोचेजति काम गर्न नसकिएको भने यथार्थ हो । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ ले थोरै बजेटमा धेरै काम गरेको तपाईंहरू सबैले मूल्यांकन गर्दै आएको विषय हो ।
- विश्व व्यापीरुपमा फैलिएको कोरोना संक्रमणबाट बच्नको लागि वडाको के छ योजना ?
विस्वभर महामारी रोग मा फैलिरहेको नोवेल कोरोना भाइरसको कुरा गर्दा नेपाल को सन्दर्भमा पनि नेपाल सरकारले रोकथाम को लागि केहि महत्वपुर्ण निर्णय गरिसकेको छ । हाम्रो वडाको कुरा गर्दा यो वडा रोल्पा जिल्ला को पूर्वी क्षेत्रको नाका नै हो । त्यसैले वडा कार्यालय ले यस रोगबाट बच्न र बचाउन सरोकारवालासँग छलफल गरी विभिन्न निर्णय गरेका छौ । काँधडाँडामा हेल्ड डेस र साबुन पानीले हात धुने व्यवस्था गरेका छौँ । जसमा यस वडामा र वडा भएर भित्रिने सम्पूर्ण सवारी साधनका यात्रुहरुलाई उक्त स्थानमा ओराली साबुन पानीले हात मुख धुन लगाई स्वास्थ्य परिक्षण गरी उनीहरुको विवरण दर्ता गर्न लगाएका छौँ । विभिन्न निकायसँग सहयोग लिएर जनचेतना मुलक सन्देश प्रवाह गरिरहेका छौँ । साथै प्रत्येक वित्तीय संस्था ,कार्यालय र होटेलहरु मा अनिवार्य रुपमा साबुन पानीको व्यवस्था गरि सेवाग्राहीहरुलाई हातमुख धुन लगाउन पत्राचार समेत गरिसकेका छौँ । त्यस्तै यस रुट भएर रोल्पा भित्रिने सम्पूर्ण सवारी साधनहरुलाई बेलुका ६.३० बजे देखि बिहान ६.३० बजे सम्म भित्रिन रोक लगाइएको छ ।
- वडाको अन्य योजना के के छन् ?
वडमार्फत शुरू गरिएका अधुरा कार्यक्रमलाई आगामी दिनमा पूर्णता दिनेछु । वडापालिकाको भवन निर्माण गर्ने, एक घर एक धारा’को खानेपानी योजना सञ्चालन, सडक तथा विद्युत, कृषि र पर्यटनलाई जोड, शिक्षा स्वास्थ्य खेलकुदमा बढी भन्दा बढी विकास गर्ने लक्ष्य छ । खासगरी जैरेमा खानेपानी र विद्युत पु¥याउने र पाल्लो वन लगायत विद्युत नपुगेको ठाउँमा विद्युत बिस्तार गर्ने र बाग्मा कोइरालखर्क मोटर बाटोको योजन आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने योजना छ ।
- अन्त्यमा केहि भन्नु छ ?
आफ्ना भनाइहरु र वडा कार्यालयले प्रदान गरेका र आगामी योजना सम्बन्धी केही कुराहरु राख्ने दिनु भएकोमा अनलाइन साझालार्इ धन्यवाद दिन चाहन्छु ।