यसरी बन्दैछ रोल्पा एमालेको किल्ला !

कुनै समय रोल्पा र माओवादी पर्यावाची शब्द जस्तै थियो । २०६४ सालमा भएको निर्वाचनको नतिजा हेर्दा रोल्पा माओवादीको किल्ला वास्तवमै रहेछ भनेर बुझ्न सकिन्थ्यो । त्यो वास्तविकता अहिले आएर क्रमश इतिहासमा सीमित हुने अवस्थामा आईपुगेको छ । २०७० सालको निर्वाचनसम्म आईपुग्दा रोल्पा माओवादीको मध्यम किल्ला हुन पुग्यो । २०६४ सालमा ठूलो पार्टीको हैसियतमा सिहंदरबार छिरेको माओवादीले देशमा राजनीतिक स्थायित्व र संविधान समयमै दिन सकेन् । फलस्वरुप देशकै पहिलो शक्तिका रुपमा सलबलाएको माओवादी एक्कासी २४ सिटका मात्र सीमित हुँदै देशको तेस्रो नम्बरमा पुग्यो ।

माओवादी तेस्रो नम्बरमा आईरहँदा रोल्पामा समेत उसको र निकटतम प्रतिद्वन्दीमा रहेका दलहरुको मतान्तरमा झिनो फरक हुँदै गएको थियो । रोल्पाबाट २०६४ सालको निर्वाचनमा करिब ३० हजारको मतान्तरका साथ सान्दार जित हासिल गरेको माओवादी २०७० सालको निर्वाचनसम्म आईपुग्दा ३० हजारको मतान्तरबाट एकतिहाईमा ओरालो लागेको देख्न सकिन्छ । कारण माओवादीले निमत्याएको हिंसाको बाटोबाट बाहिर आउन रोल्पालीहरु जस्तोसुकै मूल्य र्तिन तयार भएको देख्न सकिन्छ ।

२०७४ सालको निर्वाचनसम्म आईपुग्दा माओवादी भित्र ध्रुविकरण र विभाजनले अस्तित्व समाप्तिको नजिक पुगेको छ । २०७४ सालमा एमाले–माओवादी बीचको बाम एकताले गर्दा प्रत्यक्ष तर्फ ३६ सिटमा उक्लिएको माओवादीले आफ्नो अस्तित्व जोगाउन सफल रह्यो । बाम एकता हुँदा रोल्पामा माओवादीको भागमा टिकट परेर प्रत्यक्ष चुनाव लडेका प्रतिनिधिले अपेक्षित रुपमा मत ल्याउन सकेका थिएन्न । रोल्पाबाट राज्यको उच्च पदमा उल्लेख्य रुपमा सहभागी भएपनि रोल्पालीको अवस्थामा कुनै परिवर्तन भएन । द्वन्द्वका समयमा दिन रात नभनि खुन पसिना बगाई नेतृत्वलाई सिंहदरबार छिराएका माओवादीका कार्यकर्ता दिन दिनै आफ्नो नेतृत्वबाट रुष्ट हुँदै पार्टी छोडि रहेका छन् ।

अर्कोतिर रोल्पाबाट माओवादी भन्दा पहिले चुनाव जितेर सत्तामा पुगेका कांग्रेस नेताले समेत रोल्पाले चाहेको र मागेको विषयहरु समाधान गर्न लागिपरेको देखिएन । त्यसैले रोल्पाले कांग्रेसलाई सहजै स्वीकार गर्ने अवस्था पनि रहँदैन । रोल्पामा माओवादी रित्तिदै जानू भनेको वामपन्थि रित्तिएको होइन । माओवादी रित्तिनु भनेको एमाले अझ सशक्त रुपमा बलियो हुँदै जानू हो । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा घर परिवार छोडेर होमिएकाहरु समेत एमाले समाहित भई रहेका छन् ।

नेपाली कांग्रेस रोल्पाको ईतिहास हेर्दा कसरी हुन्छ, सत्तामा पुग्ने र आफू र आफ्नाहरुलाई पहूँचमा पुर्याउने काम मात्र भयो । त्यसैले परिवर्तनका पक्षधर रोल्पालीहरु कुनैपनि हालतमा कांगे्रसको प्रतिनिधित्व स्वीकार्ण चाहाँदैन्न ।

पटक–पटक सत्तामा पुगेर पनि तै चुप र मै चुपको अवस्थामा माओवादीका नेताहरुले समग्र रोल्पालाई विसिदाको परिणामको त झन के कुरा गर्नु । जुन हामिले प्रत्यक्ष रुपमा भोगिरहेका छौँ । सहिदको सम्झना स्वरुप निर्माण गरिएको सहिद मार्ग त झन मृत्यु मार्ग भईरहेको छ ।
अब कुरो आयो नेपाल कम्युनिष्ट पार्टी एमालेको । एमालेले नेपालको ईतिहाँसमा थोरै समय सत्ताको नेतृत्व गरेको छ तर नेतृत्वको समयलाई नेपालको ईतिहाँसमै उल्लेख्य कार्य गर्न समेत सफल भएको देख्न सकिन्छ । २०५१/५२ तिर नेपाल कम्युनिष्ट पार्टी एमालेले मात्र ९ महिनाको सरकारको पालामा गरेका सामाजिक सुरक्षा लगाएत उल्लेख्य कार्यहरु अझै उत्कृष्ट कार्यकै रुपमा रहेका छन ।

ने.क.पा.एमालेको पहिलो पटक के।पि। ओली नेतृत्वको सरकाले राष्ट्रियताको विषयमा लिएको अडान र छोटो समयमा राष्ट्र विकासको लागि कोरेको दिर्घकालीन मार्गचित्रलाई जनताले नजिकबाट नियालीरहेका छन जुन बिस्तारै एक पछि अर्को गरेर पूरा हुँदै गएको देख्न सकिन्छ । नेपालमा वाम विचार भएकाको जनसंख्या करिब ७५५ जति रहेको छ । साना वाम पार्टिहरु आफ्नो मुद्दामा भन्दापनि मिलिजुली सत्तामा पुगेर सत्ताको स्वाद लिन मात्र सक्रिय रहेकाले समेत जनता समग्र रुपमा देशभरीनै एमाले प्रति आकर्षित छन र दिनदिनै पार्टि प्रवेश तथा समर्थन गरिरहेका छन । र अर्को कुरा जनताहरु वर्तमान सरकार जनमतबाट आएको नभइ अदालतको परमादेश र गठबन्धन नामको स्वार्थ समूहबाट आएको कुरामा प्रष्ट छन त्यसैले राष्ट्रिय रुपमै एमालेको माहोल तिब्र रुपमा बृद्दि भईरहेको छ । ओली नेतृत्वको सरकारका कार्यकालमा भएका उल्लेखिय कामहरुले थप टेवा पुर्याएको समेत छ ।

अब कुरा गरौं नेकपा एमालेको:-

रोल्पाको ईतिहास नियालेर हेर्दा रोल्पा राजनैतिक चेतना विस्तारको सुरुवाति चरणबाटै कुल जनसंख्याको अनुपातमा वामपन्थीहरुको बाहुल्यता भएको जिल्ला हो । रोल्पाबाट चुनाव जितेर रोल्पा बदल्न काठमाण्डौं छिरेकाहरु आफै बदलिए तर रोल्पा बदलिएन । हवाई यातायातबाट रोल्पा सुटुक्क आउने र झुटको खेति गर्ने कार्य धेरै समय चलिरह्यो । संविधान कार्यान्वयन र संघीय शासन प्रणालीको अबलम्बनसँगै स्थानीय तहहरु निर्माण भए । १० वटा स्थानीय तह रहेको रोल्पामा ७ वटा स्थानीय तहमा माओवादी जितेको थियो । भन्ने २ वटा एमाले र १ वटा कांग्रेसले जितेको थियो । एमालेले जितेको २ स्थानीय तहमा अरु भन्दा अब्बल रहेको देख्न सकिन्छ । त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकाले नमुना कार्य गरेर फरक छाप छोड्न सफल भएका छन् ।

रोल्पामा माओवादी लगायत अन्यपार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको घुईचो लागेको छ । भर्खरै सम्पन्न भएको जिल्ला अधिवेसनबाट समेत नयाँ जोश जागर भएका विद्वान युवाहरु एमालेको जिल्ला समितिमा निर्वाचित भएका छन् । भने अर्कोतिर ने.क.पा. एमाले केन्द्रीय कमिटीको सबैभन्दा युवा केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–ईन्चार्ज समेत रोल्पाले पाएको छ ।

रोल्पाबाट एमालेको केन्द्रीय कमिटीमा जिम्मेवारी पाएका सबै नेताहरु संगठन निर्माण र परिचालनमा दिन रात नभनी खट्ने र जनताको पक्षमा कार्य गर्नतर्फ अग्रसर भईरहेका छन् ।

जनवर्गीय संगठनहरु एमालेलाई स्थानीय देखि संघीय चुनावसम्म विजय बनाउनका लागि तत्पर भएर उर्जाका साथ लागि परिरहेका छन् । विगतमा लामो समय तत्कालीन नेकपा माओवादीमा रहेर सक्रिय राजनीति गरिरहेका योद्दाहरु समेत नेकपा (एमाले)को विभिन्न तहका संगठनमा जिम्मेवारी बहन गर्दै रोल्पामा तीनवटै तहको निर्वाचनमा एमालेलाई विजय बनाउन लागि परिरहेका छन् ।

यस कारण माओवादीले आफ्नो पकड् क्षेत्र भनेर दाबी गर्ने रोल्पा एमालेको किल्लाको रुपमा विकसित हुँदै गएको छ । एमालेबाट चोईटिएर बाहिरीएका केही २र४ जना कार्यकर्ताका पछाडी रोल्पामा जनता छैन्न त्यसैले जनता विनाको दलको खासै कुरा गरिरहनु परेन ।

रोल्पाली जनताले एमालेलाई बाम एकताको निरन्तरताको रुपमा समेत स्वीकार गरेका छन् । रोल्पा एमालेको किल्ला बन्ने निश्चित छ । हामी ढुक्क छौँ। रोल्पामा एमालेले तीनै तहको निर्वाचनमा भारी मतका साथ आफ्नो किल्ला कायम गर्नेछ र रोल्पालीले मागेको र खोजेको जस्तो विकासका गतिविधिहरु सुरु हुनेछन् ।( लेखक नेकपा एमाले रोल्पाको जिल्ला कमिटि सदस्य तथा साईबर सर्कल रोल्पाका केन्द्र जिल्ला समन्वयकर्ता हुन ।)

यो पनि 

यसरी बन्यो एमालेमय रोल्पा

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस