भोजपुर गोल्डकप हुने

९चैत्र,काठमाडौँ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ।

करिब रु ३३ लाखको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ। नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस