त्रिदेशीय फुटबलको उपाधी नेपाललाई

१६चैत्र,काठमाडाैँ ।  बंगलादेशलाई हराउँदै त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेकाे हो।

नेपाललाइ जित दिलाउन खेलको १७ औँ मिनेटमा सन्जोग राईले गोल गरे। त्यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै २–०को अग्रता दिलाए।

खेलको ८२ औं मिनेटमा  बंगलादेशले १ गोल फर्कायो।

यसैबीच सन्जोग राई ‘म्यान अफ दी म्याच’ बनेका छन् भने रोहित चन्द ‘उत्कृष्ट खेलाडी’ बने।

विराजको सन्यास

त्यस्तै आजको खेलबाट विराज महर्जनले सन्यास लिएका छन्। सन्यास लिनुपूर्वकाे खेलमा ४२ औं मिनेटमा उनी खेल मैदानमा प्रवेश गरेका थीए। यो खेल उनको लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हो।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस