भारतमा भेटिए एकैदिन ४ सय ७२ जना कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ४ सय ७२ जनामा नयाँ संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या तीन हजार तीन सय ७४ मा पुगेको छ ।
बीबीसी हिन्दीका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुगेको बताएका हुन् । भारतमा अहिलेसम्म दुई सय ६७ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस