वैज्ञानिकहरुले पत्ता लगाए चमेरोबाट सर्ने ६ नयाँ भाइरस

कोरोना भाइरसको महामारीसँग अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसविरुद्ध विश्व लडिरहँदा वैज्ञानिकहरु पनि अहोरात्र खटिएका छन् । तर पनि अझै सफलता पाउन सकिरहेका छैनन् ।
कोरोनाविरुद्को भ्याक्सिनका लागि विभिन्न परिक्षण गरिरहँदा वैज्ञानिकहरुको एक टोली चमेरोबाट सर्न सक्ने ६ नयाँ भाइरस पत्ता लगाएका छन् ।
भारतको हिमाञ्चल प्रदेश, केरल, तमिल्नाडु र पुद्दुचेरीबाट ५८६ नमुना लिइएको थियो । उक्त नमुनाबाट म्यान्मारमा वैज्ञानिकको एक टिमले गरेको अनुसन्धानबाट चमेरोमा ६ नयाँ भाइरस पाइएको हो ।
अनुसन्धान म्यान्मारको जमिनको प्रयोगपछि बदलिएको ठाउँ र विकासबाट मानिसहरुको स्थानीय वन्यजन्तुको सम्पर्कमा आउने सम्भावना रहेको ठाउँमा गरिएको थियो ।
सन् २०१६ देखि सन् २०१८ सम्ममा वैज्ञानिकहरुले ७५० भन्दा धेरै चमेराको नमुना लिएका थिए । यसै क्रममा वैज्ञानिकहरुले चमेराको नमुनाबाट कोरोना भाइरसका ६ नयाँ विषाणुहरु पत्ता लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुसन्धान कर्ताहरुका अनुसार नयाँ कोरोना भाइरस सार्स, मर्स र कोभिड १९ भन्दा बिल्कुलै फरक रहेको बताएका छन् ।एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस