
फूल हरु फूल जस्ता छैनन !
कोईली पनि कोहू कोहू गर्दैनन !
न त मुस्कुराउ छ निलो आकाश !!
न त छर्कन्छ सुगन्ध यो मधुमास!!
फेरिएका छन पवनका यी सुसेली,
छैनन नभमा तातीबद्द त्यी मालचरी!
तर हाटबाट फर्किईदै गरे जस्ता ,
सपना टुटाएर थकित भए जस्ता,,
पट्पटि फुटेका खराउबिनाका पैतलाहरु तातो अलकत्रा माथी चाल्दै ,
देखिन्छ लामो ताती , त्यो मालचरीको भन्दा
प्राण खोज्न हिडेका “बा” हरुको बाटै भरी!!
बतास पनि अक्सिजन बोकेर चल्न छोडेछ!
फुसको छानो मुनि अगेनामा आगो बल्न छोडेछ!!
नचल्ने बतास र नबल्ने आगोले,
बरु एकैचोटि जलाउने रहेछन् “बा” हरुको संसारलाई!!
जहाँ ,
मिनिरल वाटरका रित्ता बोत्तल जस्तै कुच्चिएको रुग्न तन,
र फुटेको काच झैँ टुक्राटुक्रा परेको बिछिप्त मन,
बोकेर हिडिरहेछ “बा” हरुको ताती,
कहिल्यै नटुङ्गिने अन्त्यहिन बाटोहरुमा !!
आज “मा” को कन्तुर खोलेर हेरे,
फुलको गुच्छा झैँ आफ्नो खुनको डल्लोलाई छातिमा राखेर,
“बा” ले खिचाएको त्यो कागजको फोटो!
र आजै दूरदर्शनको काचको पर्दामा हेरे,
लहरै लागेका “बा” हरुको निकै लामो पङ्त्ती , कि
मिनिरल वाटरको रित्तो बोत्तल जस्तै कुच्चिएका,
चोप र पानी बिनाका उदाङ्गा शरीरहरु !!
साच्ची!
“बा” हरु , ” बा” जस्ता छैनन!
न्याउली चरी निऊ निऊ गर्दैनन!!
न त रात पछि अचेल उदाउँछ बिहानी!
न त रातमै सुन्छन कोहि “बा”हरुका कहानी !!
अचेल
फुलहरु फूल जस्ता छैनन!
“बा” हरु “बा” जस्ता छैनन !!
“फूल” र “बा” भनेका उस्ता उस्तै हुन।
कुनैदिन,
फक्रीएको त्यो “फूल” र पुष्टिएका त्यी “बा”,
मखमली त्यो “फूल” र बाहुबली त्यी “बा”,
आज
सबै सबै ओइलाएछन र ओझेलमा छन नजर बाट!!
टुटेको प्राण खोज्दा सायद धेरै दुखेको थ्यो “बा” लाई , कि
फुटेका हातका औंलाले मुलै सुकेको आखाबाट पानी पुछिरहेछन!
काचको पर्दामा फाइबरको माइक्रोफोन छेऊ,,
यति यति छट्पटिरहेछन “बा” हरु ।।
जति कि,
मुटुको झिल्को च्यातेर कलेजिको बाटो हुदै तिमीलाई,
कहिल्यै कहिल्यै नफर्कने गरि हुरीले क्षितिजपारी लैजादा ,,
तिमी हिडेका जोडि पैतलाका डोबहरुमा आस्थाको छाया खोज्दै,
छटपटाई रहेको थे “म” ।