
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमितको संख्या २४ हजार ५०३ पुगेको छ ।भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् । अहिलेसम्म भारतमा ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार