म लेस्टरमै रहन्छु : जेम्स

एजेन्सी । प्रिमियर लिग क्लब लेस्टर सिटीका मिडफिल्डर जेम्स मेन्डिसनले आफू केही समय अझै लेस्टरमै रहने बताएका छन् । जेम्सको पछिल्लो समय म्यान्चेस्टर युनाइटेमा जाने चर्चा चलिरहँदा उनले आफू लेस्टरमै खुसी रहेको बताए ।
जेम्स सन् २०१८ मा नर्विच सिटीबाट लेस्टरमा आएका छन् । उनले लेस्टरका लागि हालसम्म ६४ लिग खेल खेल्दै १३ गोल गरिसकेका छन् । जेम्सले इङ्ल्यान्डका लागि भने एक खेल मात्र खेलेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस