१४वैशाख, काठमाडौँ । सैनिक शासित म्यान्मारको एक अदालतले पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ ।

सन् २०२१ को फ्रेब्रुअरीमा सेनाले म्यान्मारमा सुकीको जन निर्वाचित सरकारलाई अपदस्थ गरेयता उनलाई नजरबन्द बनाइएको छ ।

शान्तिका लागि नोवेल पुरस्कार विजयी ७६ वर्षीया सुकीविरुद्ध चुनाव धाँधलीलगायत थुप्रै आपराधिक कार्यको अभियोग लगाइएको छ । उनले आफुविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएकी छन् ।