२१ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियलको जबरजस्त पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३(२ ले जित्यो । पहिलो लेगको खेल २–० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५–२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।