
कमरेड प्रचण्ड
क्रान्तिकारी लालसलाम
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
नेपाली कम्यूनिष्ट आन्दोलन क्षदविक्षद अवस्थामा आएको कुरा सबैलाई नै अवगत रहेको छ । कम्यूनिष्ट पार्टीमा दक्षिण पन्थी, नवसंसोधनवादी, प्रतिक्रियावादीहरूलाई घुसाएर विश्व कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्न विश्वभरका साम्राज्यवादीहरु, प्रतिकियावादीहरु, एन्टिकम्युनिष्ट शक्तिहरु लागिरहेका छन । यो कुरा विश्व जगतलाई थाहा छ । नेपाली कम्यूनिष्ट आन्दोलनमा पनि नेपाल को कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्न अमेरिकी साम्राज्यवादी, भारतीय बिस्तारवादीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एन्टिकम्युनिष्त शक्तिहरु प्रत्यक्ष रुपमा लागिरहेका कुरा सर्बविवितै छ ।
विशेष गरी एन्टिकम्युनिष्ट शक्तिहरु नेपालमा माओवादी आन्दोलनलाई असफल पार्न कसरतहरू गरिरहेका छन् । र माओवादी आन्दोलनलाई विभिन्न हाँगाहरूमा विभाजित पार्न सफल भएका कुरा हामीले देखिरहेका छौ । एन्टिकम्युनिष्ट शक्तिहरुले जसरी माओवादी आन्दोलनलाई असफल बनाउनको लागि रणनीति बनाइरहेका छन । त्यसैगरी नै हामीले ति एन्टिकम्युनिष्त शक्तिहरुको रणनीतिहरूलाई तुहाईदिनको लागि माओवादी आन्दोलनको नेतृत्वकर्ताहरूले पनि नयाँ रणनीति बनाउदै, माओवादी एकता गरी अगाडि बढ्न आवश्यक छ । माओवादी आन्दोलनको एकता समय र कार्यकर्ताको माग हो ।
तसर्थ सबै माओवादी आन्दोलनको नेतृत्वकर्ता हरूले एक पटक आत्मसमिक्षा गर्न आवश्यक छ । हाम्रो नेतृत्वहरू विभाजित भएर झन कमजोर भयौ । वर्तमान हाम्रो बाटोबाट हामी सफल हुन सक्दैनौ । हामीले क्रान्ति गर्यौ । तर, आज क्रान्तिको प्रतीफल हाम्रो दुश्मन हरूले उपयोग गरिरहेका छन । टुटफुट भएका सबै माओवादी आन्दोलनका नेतृत्वकर्ताहरू एकभई बर्तमान समयमा विशाल एकिकृत नेकपा माओवादी निर्माण गरेर माओवादी आन्दोलनको सुदुर भबिस्य कोरेर एउटा सुनौलो नयाँ इतिहास कोर्नुपर्दछ ।
कमरेड प्रचण्ड, आजको प्रचण्ड होइन, जनयुद्ध कालीन समयको प्रचण्ड हुनुपर्छ । भावनामा डुब्ने होइन बन्दुकको गोली झै अघि बढ्ने हो । कमरेड हजुरले जसरी जनयुद्धका समयमा एउटा सुनौलो इतिहास कोर्नु भएको छ । अव फेरी माओवादी आन्दोलनलाई एकिकृत बनाएर विश्व कम्यूनिष्ट आन्दोलन र नेपाली कम्यूनिष्ट आन्दोलनको एउटा सुदुर भबिस्य कोरेर अघि बढ्नको लागि अनुरोध गर्दछु ।
माओवादी एकताको लागि माओवादी आन्दोलनको नेतृत्वहरु बैद्य, बिप्लब, बाबुराम, गोपाल किरातीसँग छलफल गरी अघि बढ्न म अनुरोध गर्दछु ।
भुवन प्रकाश पुन
लुंग्री गाउँपालिका-७ हार्जङ,राेल्पा