
संघीयता कार्यान्वयन पछि भएको दोश्रो स्थानीय तह निर्वाचनको रोल्पाका दशवटै स्थानीय तहहहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको अन्तिम नतिजा अनुसार नेकपामा ओवादीकेन्द्रले ७ स्थानीय तहको प्रमुख उपप्रमुख सहित ४८ वडामा जीत हासिल गरेको छ । २ प्रमुख र ३ उप्रमुख सहित १४ वटा वडा जीतेर नेपाली काँग्रेस जिल्लाको दोश्रो शक्तिको रुपमादेखिदा नेकपा (एमाल)ेले १ प्रमुखर ८ वडाध्यक्षमा चित्त बुझाउनु परेकोछ । नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र उम्मेदवारले १ वडाध्यक्ष जितेका छन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादीकेन्द्र)ले ७ प्रमुख ७ उपप्रमुख सहित ४८ वडाध्यक्ष जीतेको थियो । नेपाली काँग्रेसले १ प्रमुख १ उपप्रमुख र १२ वडाध्यक्ष जित्दा नेकपा (एमाले)ले २ प्रमुख, २ उपप्रमुख र ११ वडाध्यक्ष जीतेको थियो । स्वतन्त्र उम्मेदवारले जिल्लाको २ वडाध्यक्ष जीतेका थिए ।
जिल्लाका ७२ मध्ये २६ वटा वडामा १०० भन्दा कम मत कोहार जितभएको छ । यो संख्या जिल्लाको कुल वडा संख्याको ३६ प्रतिशत हो । जसमा माओवादी केन्द्र ५ वटा वडा १०० भन्दा कम मतले पराजित भएको छ । यसैगरि नेपाली काँग्रेसले ११ वटा वडा १०० भन्दा कम मतले गुमाएको छ। एमाललेले ६ वटा वडा १०० भन्दा कम मतले हारेको छ । ४ जना स्वतन्त्र उम्मेदवार १०० भन्दा कम मतले पराजित भएका छन।
२५ भन्दा कम मतान्तर भएकावडाहरु
रोल्पा नगरपालिका वडानं २ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दिउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश डाँगीले बराबर मत प्राप्त गरे । वडाध्यक्षका दुवै उम्मेदवारको ५४३ मत आए पछि भएको गोला प्रथाद्धारा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका थिए । सो वडामा २ वडा सदस्य नेकपामा ओवादी केन्द्रर २ वडा सदस्य नेपाली काँग्रेसले जितेका छन् ।
त्रिवेणी गाउँपालिका ४ मा माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद घर्तीमगर ६६८ ल्याउदा एमालेका उम्मेदवार प्रशाराम वली ६५८ प्राप्त गरेका थिए त्यहाँ जम्मा १० मतान्तर थियो।
माडी गाउँपालिका ३ मा एकिकृत समाजवादीका बलबहादुर बुढाले ६०२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका निमबहादुर डाँगी ५९२ मत प्राप्त गरेका थिए । सो वडामा मतान्तर जम्मा १० हुँदा ३ वडा सदस्य एकीकृत समाजवादीले जित्दा १ वडा सदस्य माओवादी केन्द्रले जितेको थियो। रुन्टीगढी गाउँपालिका ४मा नेपाली काँग्रेसका टंकबहादुर पुनले ४८८ मतप्राप्त गर्दा एमालेका बेगम पुनले ४८० मत प्राप्त गर्दासो वडाको मतान्तर ८ रहेको छ।
सुनछहरी ४ मा नेपाली काँग्रेसका हर्कराम बुढामगर ३४६ प्राप्त गरेका छन् । सो वडामा माओवादी केन्द्रका खड्कबहादुर घर्तीमगरको पक्षमा ३४३ मत आएको थियो । यस वडामा दुई उम्मेदवारको मतान्तर ३ मत रहेको छ । सो वडाको ३ वडा सदस्य माओवादी केन्द्र र १ वडा सदस्य नेपाली काँग्रेसले जितेको छ ।
सुनिलस्मृती गाउँपालिकामा ७ मा माओवादी केन्द्रका रेशम शर्माले ७८३ मत प्राप्त गर्दा नेपाली काँग्रेसका छविलाल रिजालले ७७२ मत ल्याएका थिए । सो वडाको जम्मा मतान्तर ११ रहेको छ ।
थबाङ गाउँपालिका १ मा माओवादी केन्द्रका हिराप्रसाद बुढाले ३५८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार फर्केझाँक्री मगरले ३३६ मत प्राप्त गरे । यस वडाको मतान्तर २२ रहेको छ ।
थबाङ गाउँपालिका ४ मा एमालेका उम्मेदवार हिक्मत घर्तीमरले ३३७ प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पुनबहादुर कामी ३१२ मत प्राप्त गरेका छन । यस वडामा दुई उम्मेदवारको मतान्तर २५ रहेको छ ।
परिवर्तन गाउँपालिका ६ नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर बुढामगरले ३४६ मत प्राप्त गरेका छन् । सो वडामा माओवादी केन्द्रका कर्णबहादुर बुढामगरले ३२४ मत प्राप्त गरेका छन् । यस वडामा दुई उम्मेदवारको मतान्तर २२ रहेको छ । उक्त वडामा १ वटा वडा सदस्य माओवादी केन्द्रले जित्दा काँग्रेसको भागमा १ वडा सदस्य ३ परेको छ ।
रुन्टीगढी गाउँपालिका ७ मा माओवादी केन्द्रका टेकलाल पुनले ५९७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका दिलमन बुढाथोकीले ५७६ प्राप्त गरेका छन् । यस वडामा दुई उम्मेदवारको मतान्तर २१ मात्रै रहेको छ ।
५० भन्दा कम मतान्तर भएका वडाहरु
त्रिवेणी गाउँपालिका ६ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र भण्डारी ३६४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद डाँगी ३२४ मत प्राप्त गरे । सोवडामा दुई उम्मेदवारको मतान्तर ४०रहेको छ ।
माडी गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रोहितसिंह घर्तीमगर ८९० मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार मोहनसिंह वलीको पक्षमा ८४५ मत आएको थियो । सो वडामा दुई उम्मेदवारको मतान्तर ४५ रहेको छ ।सो वडाको १ सदस्य नेकपा (एमाले)ले जितेको छ ।
रुन्टीगढी गाउँपालिका १ मा नेपाली काँग्रेसका थमबहादुर घर्तीमगरले ६३२ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मीनबहादुर थापाको पक्षमा ५९४ आएको छ । सो वडाको मतान्तर ३८ रहेको छ।
रुन्टीगढी गाउँपालिका २ मा नेकपा (माओवादी केन्द्र)का भीउलाल पुनले ४६९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार वेदबहादुर विष्ट काँग्रेस ४२२ मत प्राप्त गरे । यस वडाको मतान्तर ४७ रहेको छ।
गंगादेव गाउँपालिका ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लोकमान वलीले ४१९मत प्राप्त गरे । नेपाली काँग्रेसका दिनेशराज डाँगीले ३८९ मत प्राप्त गरेका थिए । यस वडामा दुई उम्मेदवारको मतान्तर ३० रहेको छ । यस वडाका सबै सदस्य स्वतन्त्रले जितेका छन्।
सुनिलस्मृती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरीले ५०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्तराम शाहले ४६९ मत प्राप्त गर्दा दुई उम्मेदवारको मतान्तर ३८ रहेको छ । सो वडाका सबै वडा सदस्य नेकपा (माओवादी केन्द्र)ले जितेको छ।
सुनिलस्मृती गाउँपालिका ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दुर्गाबहादुर बिष्टले ७२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका सीमबहादुर बिष्टले ६८९ मत प्राप्त गरेका छन् । सो वडाको मतान्तर ३६ रहेको छ।
सुनिलस्मृती गाउँपालिका ४ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ओविलाल बस्नेतको पक्षमा ५९६ मत आउदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका हिराकुमारी पुनले ५६९ मत ल्याउदा दुई उम्मेदवारको मतान्तर २७ रहेको छ।
१०० भन्दा कम मतान्तर भएका
त्रिवेणी गाउँपालिका १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देउराम घर्तीमगरको ४८८ मत आउँदा नेपाली काँग्रेसका दिलबहादुर घर्ती ४१२ मत ल्याए । उक्त वडामा दुई उम्मेदवारको मतान्तर ७६ रहेको छ।
त्रिवेणी गाउँपालिका ७ मा नेकपा (एमाले)का उम्मेदवार भानबहादुर घर्तीमरले ८७२ मत आएको छ । सो वडामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार खेमबाबु राजा डि.सी.को ८१७ रहँदा दुई उम्मेदवारको मतान्तर ५५ रहेको छ।
थबाङ गाउँपालिका २ मा नेकपा (माओवादी केन्द्रका) उम्मेदवार अभिलाशा रोकामगरको ४२१ म्त आउँदा स्वतन्त्र उम्मेदावर तीर्थनारायण सार्कीले ३६६ मत ल्याए । सो वडाको मतान्तर ७५ रहेको छ।
माडीगाउँपालिका २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ललित घर्तीमरले ५०२ मत ल्याउँदा नेपाली काँग्रेसका गंजबहादुर बुढामगर ४३५ मत ल्याए । सो वडामा दुई उम्मेदवारको मतान्तर ६७ रहेको छ।
माडी गाउँपालिका ४ मा नेकपा (माओवादी केन्द्र)का रेगबहादुर मल्ल ५३२ मत प्राप्त गरे। एनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार भीमबहादुर डाँगीले ४५० मत प्राप्त गरेका छन् । सो वडाको मतान्तर ८२ रहेको छ । सो वडा मा ३ सदस्य भने नेकपा (एमाले)ले जितेको छ।
रुन्टीगढी गाउँपालिका वडा नं.ं८ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलसी पुनले ३९३ मत प्राप्त गरिन । उनको निकतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खिमबहादुर रोकाले ३१७ मत प्राप्त गर्दा मतान्तर ७६ रहेको छ।
रोल्पा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका टोपबहादुर नेपालीले ४९५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका नन्दलाल महराले ४०३ मत प्राप्त गरेका छन् । यस वडाको मतान्तर ९२ रहेको छ।
गंगादेव गाउँपालिका २ मा नेपाली काँग्रेसका अमृतबहादुर खत्रीले ३६६ स्वतन्त्र उम्मेदवार टीकाराम ले २८६ मत प्राप्त गरेका छन् । यहाँ दुई उम्मेदवारको मतान्तर ८० रहेको छ।
गंगादेव गाउँपालिका वडा नं. ७ मा नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीले ४८६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार तुलबहादुर घर्तीमगरले ४१६ मत प्राप्त गरेका छन् । यस वडाको मतान्तर ७० रहेको छ।
सुनछहरी गाउँपाकिला ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीराम रोकामगरले ५३२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका तीर्खबहादुर बुढाथोकी ४३८ मत प्राप्त गर्दा दुईउम्मेदवारको मतान्तर ९४ रहेको छ।