
११जेठ,काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरका खेलकुद गतिविधिहरु प्रभावित बनिरहँदा कतारले सन् २०२२ को विश्वकप कुनै पनि स्थितिमा रद्द नहुने दाबी गरेको छ ।
कतार विश्वकप २०२२ को आयोजक कमिटीले चाँडै कोरोनाको प्रभाव उन्मुलन हुने र विश्वकपको सम्पूर्ण तयारीमा पुनः जुट्ने वातावरण बन्ने आश जिवित रहेको बताएको छ ।
आयोजकले विश्वकपका लागि तयार गरिएको ८ मध्ये ६ वटा स्टेडियमको निर्माण कार्य यस वर्षको अन्त्यमा सक्किने बताएको छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर डिसेम्बर महिनामा हुने भएकाले तयारीका लागि पर्याप्त समय रहेको र त्यस समयसम्म सबैतिरको भ्रमण रोक खुला हुने आश रहेको कमिटीले विश्वास रहेको बताएको छ । एजेन्सी
प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार