फिफा विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग खेल्दै

फाइल फाेटाे

२४ जेठ, काठमाडौँ । फिफा विश्वकप—२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस