एजेन्सी। कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।
विभन्न देशमा अलपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् ।
अलपत्र नागरिकको उद्दार हुन नसकिरहेको समयमा एउटा कुकुरको उद्दारका लागि विमान चार्टर गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।
मुम्बईकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई लिएर जान यति धेरै खर्च गरेकी हुन् ।
उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी छन् । उनको नाम दिपीका सिंह रहेको छ । उनी मुम्बईमा बस्दै आएकी छन् ।एजेन्सीको सहयोगमा