युरोकप फुटबलको नकआउटमा नेदरल्यान्ड्स

८असार,काठमाडौँ । नेदरल्यान्ड्स समूह विजेता युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस