एमसीसी सम्झौता खारेजीको माग गर्दै राजधानीमा विरोध प्रदर्शन

९असार, काठमाडौं । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि राजधानीमा विरोध प्रदर्शन भएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै एघार वटा साना कम्युनिष्ट दलले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस