अमेरिकाले भन्यो: नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुन सक्ने कुरा होइन

१५ असार, काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै नेपालस्थित अमेरिकी दूतावसले संसदबाट अनुमोदन नभएकोबारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौताअनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो । तर, यस अन्तर्गतको कोषको उपलब्धता सधै खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छ ।’

एमसीसी सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस