दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

१५असार, काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी(२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस