१६असार, काठमाडौँ । नेकपा (एमाले)ले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

१० औँ महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने निर्णयसँगै केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

महाधिवेशन आयोजक कमिटीको बैठकको निर्णयअनुसार माओवादी केन्द्रबाट आएका नेताहरु पनि एमालेमै यथावत् रहने भएका छन्।