१८असार, एजेन्सी । तेस्रो स्थानको लेस्टर सिटी एभर्टनसँग पराजित भएको छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा गए राति भएको खेलमा लेस्टर २—१ गोलले पराजित भएको हो ।

एभर्टनको जितका लागि रिचार्लीसन र गिल्फि सिगोरेसनले एक एक गोल गरे । लेस्टरका लागि केलेची ईबियानाचोले एक गोल फर्काएका थिए ।

त्यस्तै गत राति नै भएको अर्को खेलमा न्युक्यासल विजयी भएको छ । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा न्युक्यासल ४(१ गोलले विजयी भएको हो ।