चार साल पहिला एउटा कोठाबाट सुरुवात भएको हाम्रो सम्बन्ध असल मित्रताबाट प्रेम सम्म पुग्यो।

उहि कोठा थियो, जहाँ म रातभर कल्पनाभरी परीको खोजीमा जाग्राम बस्थें। सम्बन्ध अगाडि बढेसङ्गै हाम्रो भेटघाट पनि निरन्तर हुँदै थियो। पहिलो भेटघाट अक्क-बक्कमै नचिनेजस्तै गरि सामाजिक दुरीको पालना नगर्न पर्ने अवस्थामा पनि चार मिटरको दुरी कायम गरेका थियौं।

बिस्तारै-बिस्तारै हाम्रो सम्बन्धले उचाइ छुदै थियो। दिनभर अफिसमा, साँझ परेपछि कोठाको खाटमा लुटुपुटु हुँदै प्रेमिल दुनियाँमा मिठा-मिठा बात गरेरै बित्थ्यो।

शनिबारको दिन त झन् बिदाको दिन जरुक्क उठेदेखि कुरा हुन्थ्यो। बिहानैदेखि सुरु भएको कुराकानी खाजा(नास्ता खानै भुलेर कुरा हुन्थ्यो। बीचमा कुरा आउथ्यो, ‘हाम्ले त आज खाजा खानै भुलेछौ, है १’

फेरि जबर्जस्ती फोनकल काटेर खाना बनाउनतर्फ लाग्थ्यौ र खाना बनाउदा(बनाउदै कुराकानी हुन्थ्यो। कहिल्यै नसकिने अथाह कुराकानी हुन्थ्यो।

जब उनी नुहाएर चिसो कपाल लहराउदै मेरो अगाडि भिडियो कलमा आउथिन्, तब मेरो शरीरको तापक्रम उच्च हुन्थ्यो। आफूलाई जसोतसो गरि समाल्ने गर्थें, सुरुवाती अवस्थामा।

बिस्तारै जति नजिक हुँदै गयौँ। चार मिटरको दुरीबाट कम हुँदै दुई-एक मिटर गर्दागर्दै एकअर्काको हात समातेर मिठो प्रेमको आभास गर्दै भेटघाट झन् बढ्न थाल्यो।

भनिन्छ नि। जति भेटघाट बढ्न थाल्यो, कुराकानी लम्बिन थाल्यो, सम्बन्धले उत्तिकै बढी उचाइ छुन्छु। हाम्रो सम्बन्धको उचाइ त सर्वोच्च थियो।

कहिलेकाहीँ रातिमा उनीसङ्ग बोल्दा(बोल्दै उनले खुकुलो टिसर्ट लगाएर भित्री वस्त्रबिना नै कुरा गर्थिन्। मेरो उत्तेजना बढ्थ्यो। आफूलाई समाल्न नसक्ने अवस्था पुग्थे म। र भन्ने गर्थे, ‘अल्लि तल झार न, टिसर्ट १’

उनको साह्रै नमिठो गालीसङ्गै मेरो उत्तेजना आफै कमजोर हुन्थ्यो। आफूलाई समाल्दै फेरि मिठा(मिठा कुराकानीको सुरुवात हुन्थ्यो।

अर्कोदिन फेरिे कोठाको अध्याँरोसङ्गै त्यही हिजोको कुरा निकाल्दै उनलाई गिज्याउने गर्थें। उनले ‘चुप लाग्नुस्’ भन्दै गरेको त्यो बोली मेरो कानको वरिपरि अझै गुन्जिरहेको छ।

मेरो यस्तै-यस्तै कुराले उनलाई पनि बिस्तारै(बिस्तारै उत्तेजित र उत्सुक बनाउन थालेको थियो। सुरुवातमा जिस्किदाँभन्दा केही महिनापछि उनी केही सकरात्मक भएको मैले सजिलै महशुस गर्न सक्थेँ।

त्यसैबीचमा फेरि एकपटक हाम्रो भेटघाट भयो। भेट्दै गर्दा उनको नजिकै पुगेर मैले जिन्दगीको पहिलो चुम्बन गरेको ‌थिएँ। उनी लजाउँदै पाखुराले मेरो ढाडमा हान्दा केही मिनेटसम्म दुखिरहेको थियो। ‌अझै पनि सम्झिदाँ चसक्क हुने गर्छ।

त्यो कोठामा चारवटा भित्ताहरु जोडिएको थियो। एउटा पलङ्गमा हामी दुई जना। कोठामा मनभरी प्रेमभन्दा बढी डर भरिएको थियो। खै कहाँ बाट सुरु गर्ने रु पाँच मिनेटसम्म बोल्नसमेत सकिरहेका थिएनौं।

बिस्तारै उनको नजिकै पुगें। उनलाई अगालो मार्दै गर्दा डाँको छोडेर रुन थालिन्। र, भन्न थालिन्, ‘तपाइले मलाई छुन्न, परैबाट हेर्छु, प्रेमको नजिकबाट महसुस गर्छु भनेर यहाँ बोलाउनुभएको थियो, यही गर्न हो ?’

साँझ पर्यो। उनलाई मनपर्ने सागको तरकारीको साथमा खाना अर्डर गरें। उनले भनिन्, ‘तपाइले खुवाइदिए मात्र खाने। मैले आफै खान्न।’ सागसङ्गै चम्चाले उनलाई भोजन गराएं र मैले पनि खाएं।

यत्तिकैमा रात पर्यो। खाना खाएर प्लेट कोठाबाहिर राखेपछि म वल्लो छेउमा र उनी पल्लो छेउमा एक(अर्कालाई हेरेर सिरानी च्यापेर पल्टिरहेका थियौं।

केही बेरपछि उनको कपाल अनुहारनिर आइपुग्यो। मैले हटाउन भने‌। मन(मनै मनले बोल्न थाल्यो, यही मौका त हो उनको नजिकै जाने, जे पर्छ(पर्छ म आफैंले हटाउछु।

मैले आफ्नो हात अगाडि बढाएं। उनको कपाल हटाए। उनले केही भनिनन्। म झन वल्लो छेउबाट उनको नजिक पुगें। बिस्तारै-बिस्तारै म उनीबाट चार इन्च मात्र टाढा थिए। विएल नेपाली सेवा