
१९ असार , काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २–१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार