उपाधि होडबाट बाहिरियो एट्लेटिको

२४असार,एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोसँग १–१ गोलको बाराबरी खेलेको हो ।

सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दा शीर्ष तीनमा बलियो बन्ने मौका गुमाएको छ । खेलमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको पराजित हुन पुगेको हो ।

एट्लेटिकोका लागि खेलको पहिलो मिनेटमा आल्भारो मोराटाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको एट्लेटिकोले दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन ।

दोस्रो हाफको ४९ औँ मिनेटमा सेल्टाका लागि फरान बेल्ट्रानले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । बराबरीसँगै एट्लेटिको उपाधि होडबाट बाहिरिएको छ । एट्लेटिकोका लागि च्याम्पियन्स लिग यात्रामा पनि केही असर परेको छ ।

तेस्रो स्थानमा भएको एट्लेटिकोको ३५ खेलबाट ६३ अंक छ । शीर्ष स्थानको रियल मड्रिडको ७७ अंक हुँदा दोस्रो स्थानको बार्सिलोनाको ७३ अंक रहेको छ ।एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस