बार्सिलोनाको साँघुरो जित

२८आसर एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथी १–० गोलको साँघुरो जित निकालेको हो ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल आर्थुर भिडालले गरे ।
भिडालले खेलको १५ औं मिनेटमा गोल गर्दै बार्सिलोनामा अग्रता दिलाए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुबै टोलिबाट कुनै थप गोल नहुँदा खेलमा बार्सिलोनाले १–० गोलको साँघुरो जित निकालेको हो ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस