प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित

२९ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग आर्सनल पराजित भएको छ ।

आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जीत निकालेको हो । खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको १९औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जीत दिलाए ।

जीतसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस